महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा-२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो । यहाँ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको […]