राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेन-जी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी […]