भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा साझा हितका […]