आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समावेशी आउने प्रधानमन्त्री शाहको दाबी

बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समावेशी बनाइने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज कर्णाली प्रदेशबाट निर्वाचित सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णालीलाई न्यायोचित सम्बोधन गरिने विश्वास व्यक्त गरेका हुन्। प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने, “कर्णालीलाई आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गरिन्छ, बजेट सन्तुलित […]