इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

इला होटल एण्ड रिसोर्ट को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटी को सञ्चालक समितिले उनलाई चैत ५ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिएको हो। दुई दशकभन्दा बढी अनुभव बोकेका थापाले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा उच्चस्तरीय होटल तथा रिसोर्टमा नेतृत्वदायी भूमिका सम्हालिसकेका छन्। […]