देउवाको टाउकोमा १२ टाँका, चक्कर लाग्ने कारण बोल्न असहज

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाउनुपरेको पार्टी केन्द्रीय कार्यालयले जानकारी गराएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकपश्चात् भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाबारे अस्पताललाई उद्धृत गर्दै यस्तो बताएका हुन्। जेन-जी विद्रोहका क्रममा सभापति देउवा दम्पतीलक्षित आक्रमण भएको थियो। आक्रमणमा देउवाको गर्धनमाथिको भागमा चोट लागेको थियो। […]