जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै ठूलो झण्डा फहराइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सयजना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो पार्टी सबैभन्दा ठूलो झण्डा हो। झण्डा बिहान ११ बजे च्यासल […]