आजकल म सबैभन्दा घोत्लिएको विषय हो- चुनाव। चुनावमा मतदाताको मनोविज्ञानलाई केले प्रभाव पार्छ होला? सार्वजनिक स्थानमा, छिमेकमा, घरपरिवारमा नेताका कामको चर्को विरोध गर्ने मान्छे पनि भोट हाल्ने बेला किन पुरानै नेता चुन्छन्? २०७९ सालमा मेरो निर्वाचन क्षेत्र झापा-५ का प्रमुख उम्मेदवार थिए, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। उनीसँग प्रतिस्पर्धा गर्नेमध्ये एक थिए लेखक-अभियन्ता […]