बालेन सरकारलाई सिंहको प्रश्न: सहरका मार्बल फेर्न बजेट छ, कर्णालीमा सिटामोल पुर्‍याउन किन छैन?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सुदूरपश्चिम र कर्णालीको विकास तथा स्वास्थ्य सेवाको अवस्थालाई लिएर प्रश्न गरेका छन्। चुनावका बेला सुदूरपश्चिम र कर्णाली सम्झिने तर सत्तामा पुगेपछि दुर्गमका नागरिकको पीडा बिर्सिने राजनीतिक प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ। सिंहले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै सिंहदरबारका बन्द कोठामा बसेर […]