सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका-१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली-लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ । बाह्रबिसे नगरपालिका-१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको […]