काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि बीमामा नयाँ आबद्धता हुन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको असोज १२ गते बसेको बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्रको व्यवस्था लागू हुने निर्णय गरेको हो। पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारले (एचआइबी ई पोर्टल) मार्फत […]
मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडा च्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडा च्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडा च्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडा च्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ । त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नेछन् । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हिजोदेखि १५औँ […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आइतबारसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेकै कारण आज नेपालीहरूले आफ्नो पहिचानसहित विश्वमा उभिन पाएको बताएका छन्।
१९ असोज, रसुवा । गत १० भदौको विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।
शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण …