छठको दोस्रो दिन आज ‘खरना’ : सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइँदै

छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारी गर्दै छन् । हिजोदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुहरू आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।