महँगीविरुद्धको आन्दोलनले फ्रान्समा सुरक्षा सङ्कट, सङ्कटकाल लगाउने सरकारको चेतावनी

काठमाडौँ । बढ्दो महँगी र जीवनयापनको लागतविरुद्ध सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि फ्रान्स सरकारमाथि सुरक्षा व्यवस्था कायम गर्न दबाब बढेको छ । देशव्यापी प्रदर्शनका क्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएपछि सरकारले स्थानीय कफ्र्यु लगाउने तयारी गरेको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार कफ्र्यु लागू गर्न आग्रह गर्दै परिस्थिति नियन्त्रणबाहिर गए सङ्कटकाल […]