त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ […]
काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्। उनले भने, ‘पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ […]
RajdhaniDaily.com | आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा -
काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट, सचिवमा सुरेन्द्र भट्ट निर्वाचित भएका छन् । विसं […]
आन्तरिक पाहुनाको आगमन बढाउने उद्देश्य सहित आइतबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु हुँदैछ। महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने लक्ष्य आयोजकको छ। यो बेला विदेशी पाहुना भित्रिने सिजन चलिरहेको र आन्तरिक पाहुनाको आगमनको पनि सिजन भएकोले महोत्सव अवधिमा लेकसाइडका पर्याप्त पाहुना हुने अपेक्षा आयोजकको रहेको छ।