सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारी सम्हालिरहेका थिए। मन्त्रिपरिषद्को निर्णयसँगै उनी अब नेपाल सरकारको प्रशासनिक नेतृत्व अर्थात् मुख्यसचिवको जिम्मेवारीमा पुगेका छन्।