विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदको तीव्र विरोध र समय मागका बाबजुद आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो । नयाँ कार्यतालिका अनुसार समितिले बिहान १०:१५ बजेदेखि उजुरीकर्तासँग प्रत्यक्ष छलफल […]