काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी फुल्न थालेका छन् । लैनचौर, सिनामङ्गल र भृकुटीमण्डप क्षेत्रका सडक किनारा तथा पार्कमा फुलेका चेरीले सहरको सुन्दरतामा थप निखार ल्याएको छ । पछिल्लो समय सहरी सौन्दर्यीकरणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा र सार्वजनिक उद्यानमा चेरीका बिरुवा रोपेको थियो । ती बिरुवाहरू छिप्पिएर […]