ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो । खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।  घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका […]