विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अन्तिम सुनुवाइ सम्पन्न नभएसम्म उनीहरूलाई कारागारमा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन अदालतले आदेश दिएको हो। बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो। […]