आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति जिल्लाका १३ वटै स्थानीय तहले आपत्ति जनाएका छन्। नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना नेतृत्वमा बसेको नगरप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूको संयुक्त बैठकले उक्त निर्देशनलाई स्थानीय तहको संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । बैठकले आशिकाविरुद्ध प्रतिवादमा […]