आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णालीको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी तथा तराई भूभागका केही स्थानमा […]