काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न आग्रह गर्ने भएका छन्। शनिबार बिहान नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघ (सीआईआई) को मुख्यालयमा आयोजना हुने उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने छलफलमा करिब दुई दर्जन […]