पछिल्लो निरन्तर वर्षाले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनाएको छ। पहिरो, सडक अवरोध, नदीको बढ्दो जलसतह, डुबान तथा कटानका कारण विभिन्न ठाउँमा परिवार विस्थापित भएका छन् भने जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता बढाएको छ। सङ्खुवासभामा लगातारको वर्षापछि मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घरमाथिबाट पहिरो खस्दा पाँच जनाको परिवार विस्थापित भएको छ। चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो […]