काठमाडौँ। सिन्धुली तीनपाटन गाउँपालिका ३ की ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाल छन्। पक्राउ परेका दुवै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुढाथोकी ९ पुसदेखि बेपत्ता […]