सुरुङ्गा– सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन् । बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयका लागि छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए । साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे । […]