काठमाडौं । बंगालादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजकले बताएका छन् । अभियोजक मोहम्मद अमिनुल इस्लामले पत्रकारहरूसँग कुरा गर्दै हसीनासँग अदालतको फैसला कार्यान्वयनको सामना गर्नुबाहेक अन्य विकल्प नरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । हसिनाले पनि आफू बंगलादेश फर्किएमा मृत्युदण्डको सजाय हुन सक्नेबारे जानकार रहेको एएफपीलाई बताएकी छन् । […]