अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।