‘केपी ओली कप’ क्रिकेट : काठमाडौँ सेमिफाइनलमा

कास्की । पोखरा रंगशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आज भएको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगिताको समूह ‘ए’ मा रहेको काठमाडौँले समूहका […]