कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको भीड

काठमाडौँ ।  आज कुशे औँसी पर्व देशभर मनाइँदैछ। सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्र्याउनुका साथै बाबुलाई मिठाई तथा भोजन खुवाएर सम्मान गर्दै बाबुको मुख हेर्ने परम्परा छ। बाबु नहुनेहरूले भने दिवङ्गत पितृको सम्झनामा विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। कुशे औँसीका अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। बिहानैदेखि […]