कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन् । पहिराले नयाँपुल–घान्द्रुक सडकखण्ड अवरुद्ध बनेको छ । यस सडकखण्डअन्तर्गत अन्नपूर्ण–१० मा यही साउन २१ गते राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए […]