अमेरिकी बजेट रोकिँदा हजारौँ आप्रवासी बालबालिका कानुनी सहायताबाट वञ्चित हुने जोखिममा

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको एक महत्त्वपूर्ण ठेक्का सम्झौता यही जुलाई ३१ मा समाप्त हुन लागेकाले अध्यागमन प्रक्रियामा रहेका हजारौँ अभिभावकविहीन आप्रवासी बालबालिकाले कानुनी सहायता गुमाउने जोखिम बढेको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। अध्यागमनसम्बन्धी कानुनी सेवा प्रदान गर्दै आएका संस्थाहरूले विगत केही महिनादेखि सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको बताएका छन्। यसरी भुक्तानी नपाउनेहरूमा ओरेगनको […]