रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रम मन्त्रीको निर्देशन, नयाँ कार्यविधि बनाइने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नरहेका सीपमूलक तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन्। तालिम कार्यक्रमको प्रभावकारिता रोजगारी सिर्जना र श्रम बजारको आवश्यकतासँग जोडिनुपर्नेमा उनले जोड दिएका हुन्। सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू उत्पादनशील रोजगारीसँग प्रत्यक्ष सम्बन्धित हुनुपर्ने धारणा […]