मैदान फुटबलको, माया क्रिकेटको : आफ्नै सहरको क्रिकेट टोलीको मालिक बने स्टार फुटबलर बेलिङघम

रियल म्याड्रिडका स्टार मिडफिल्डर तथा इंग्ल्याण्डका चर्चित फुटबलर जुड बेलिङघमले क्रिकेटमा लगानी गरेका छन्। उनले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्ने टोली 'बर्मिङ्घम फिनिक्स' को शेयर खरिद गरेका हुन्।