मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ । दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो । तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वय अभावले दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय बनेको थियो […]