कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।