काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ । आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ । वर्षमा एक दिन भाइटीकाको अवसरमा […]