सरकारले उखु किसानलाई प्रोत्साहनस्वरूप एक अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गरेकी छन्। मन्त्री चौधरीको निजी सचिवालयका अनुसार उक्त अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा प्रतिक्विन्टल […]