तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ […]