६ विश्वविद्यालयका सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौँ । विभिन्न ६ विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका सेवा आयोगमा रिक्त पदका लागि आवेदन मागेको हो। […]