एसियाली तथा प्रशान्त महासागरीय अमेरिकीसम्बन्धी कंग्रेसनल ककसकी अध्यक्ष तथा न्युयोर्ककी सांसद ग्रेस मेङले नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा अमेरिकी प्रतिनिधिसभामा मौनधारणको नेतृत्व गरेकी छन्। न्युयोर्ककी डेमोक्रेटिक सांसद मेङको क्विन्सस्थित निर्वाचन क्षेत्रमा नेपाली–अमेरिकी र तिब्बती–अमेरिकी समुदायको ठूलो बसोबास छ। उनले अगस्ट २६ मा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको आकस्मिक बाढीप्रति अमेरिकी प्रतिनिधिसभाको बैठकमा […]