जगदीश्वरनरसिंह केसीले सहमहामन्त्री पदमा दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खस–आर्य समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।