शान्ति सम्झौता पूर्ण कार्यान्वयन गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यान्वयन गर्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका हुन् । […]