काठमाडौँ । जनतालाई छिटो, छरितो र सहज सेवा दिने प्रतिबद्धतासहित सुशासनको नारा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका लागि सरकारी कार्यालयमा बारम्बार देखिने सर्भर तथा इन्टरनेटको समस्या चुनौती बनेको छ । नागरिकले घण्टौं यात्रा गरेर र आवश्यक कागजात जुटाएर सरकारी कार्यालय पुग्दा ‘सर्भर डाउन’ भएको जवाफ पाएपछि रित्तो हात फर्किनुपर्ने अवस्था देखिएको छ […]