एफएनसीसीआई वस्तुगत परिषद्ले पूर्णता पायो, निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत परिषद् मनोनीत सदस्यहरूलाई औपचारिक जिम्मेवारी प्रदान गरेसँगै पूर्णता पाएको छ। बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य र वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले मनोनीत सदस्यहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। महासंघको विधानअनुसार वस्तुगत परिषद्को सभापतिमा वस्तुगत समूहबाट निर्वाचित उपाध्यक्ष रहने व्यवस्था छ। परिषद्को पहिलो बैठकले कार्यकारिणी समिति सदस्य […]