अमेरिकी अधिकारीहरूले १ करोड अमेरिकी डलर (१० मिलियन) इनाम तोकिएका ग्वाटेमालाका संदिग्ध लागुऔषध सरगना युजेनियो मोलिना-लोपेजलाई पक्राउ गरेका छन्। ग्वाटेमालास्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो। ‘डन डारियो’ उपनामले चिनिने ६१ वर्षीय मोलिना-लोपेजमाथि ‘लोस हुआस्तास’ नामक आपराधिक गिरोहको नेतृत्व गर्दै दक्षिण अमेरिकाबाट मेक्सिकन कार्टेलमार्फत अमेरिकातर्फ कोकिन तस्करी गरेको आरोप छ। उक्त गिरोह ग्वाटेमालाको उत्तरपश्चिमी क्षेत्रमा, […]