नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै टाटा मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। ‘स्विच टु टियागो इभी’ नाम दिइएको यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन्। कम्पनीका अनुसार यो विशेष क्याम्प मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ। […]