शक्ति कहाँ छ? ‘आफूभित्रै’

पहाडमुनि खोला किनारको शान्त परिवेशमा प्रेमी (अमेरिकी नागरिक)को अँगालोमा बाँधिएर आशावादी भविष्य कल्पिँदै टोलाएका आँखा। उनीसँगै विवाहको क्षणमा खुसीले चम्किएका आँखा। सन्तान जन्मेपछि बच्चातिर हेरेर मुस्काइरहेका आँखा। अनि, श्रीमान्‌ले आफू र छोरीलाई सधैँका लागि छाडेर जाने बेलाका उदास आँखा। यी आँखा शक्ति फिल्मकी मुख्य पात्र दुर्गा (लक्ष्मी बर्देवा)का हुन्। फिल्मका सुरुआती संवादविहीन दृश्यहरू मुख्य पात्रका […]