प्रभु म्यानेजमेन्ट ग्रुपका पूर्वसेयर सदस्य महाजू पक्राउ

काठमाडौँ। प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयर सदस्य तथा हाल लेखा प्रमुख हेमकुमार महाजूलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे पनौती नगरपालिका ८ घर भई हाल ललितपुर गोदावरी नगरपालिका ३‚ टौखेल बस्दै आएका ५१ वर्षीय महाजूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी टोलीले महाजूलाई बुधबार टौखेलबाटै पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। […]