विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ । कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो । बाढीपहिरोका कारण केही आयोजना पूर्णरूपमा बन्द भएका छन् […]