कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मङ्गलबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए । कांग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएको छ ।